त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा नरहरि घिमिरेलाई सरुवा गरिएको छ। खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई मंगलबार गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेका हुन्।
घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए। आयोगको प्रवक्ताको जिम्मेवारी समेत घिमिरेले सम्हालेका थिए। विभानस्थल अध्यागमन कार्यालयका कर्मचारी व्यापक हेरफेर गरेको थियो।
त्यसपछि विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गरिएको थियो। घिमिरेसरुवा भएसँगै हालै बढुवा भएकी कल्पना श्रेष्ठ खोटाङको प्रमुख जिल्ला अधिकारी बनेकी छन्।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै अध्यागमन विभाग महानिर्देशक पनि हेरफेर गरिएको छ। विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृहमन्त्रालय सरुवा गरेर गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई विभागको जिम्मेवारी दिइएको छ।
Shares

प्रतिक्रिया