नेपाल मानव धर्म सेवा समितिले २१२ औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता आयोजना गरेको छ।
समितिले आदिकवि भानभक्त आचार्यको जन्मजयन्तीको अवसरमा बागमति प्रदेश स्तरिय अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न गरेको हो।
प्रतियोगितामा पशुपति मित्र माविकी कर्णिका निरौला पहिलो भएकी छन्। पाठशाला नेपाल बागडोलका विभव पौडेल दोस्रो र अनिता-मिलन इन्टरनेशनलका एरिना रावल तेस्रो भइन्। अप्सिलोन विद्यालयका आर्दश यादव सान्त्वना भए। भानुभक्त मेमोरियल विद्यालयका आरवराज भट्टराईले प्रोत्साहन पुरस्कार पाए।
कविता वाचना प्रतियोगितामा २२ वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए। भानु जयन्तीकै अवसरमा समितिअन्तर्गत रहेको बाल सभाले पनि कविता प्रतियोगिता आयोजना गरेको छ।
बाल सभाले आयोजना गरेको कविता वाचन प्रतियोगितामा रचना पकुवाल पहिलो, विश्वास मैनाली दोस्रो र अनुष्का काफ्ले तेस्रो भए।
समितिअन्तर्गत देशभर रहेका शाखा आश्रमहरूले पनि भानु जयन्तीको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेका छन्।

Shares

प्रतिक्रिया