ad ad

समाज


३ जनालाई कोरोना पुष्टि भएपछि मस्जिदका अध्यक्ष, धर्मगुरुसहित २६ जना क्वारेन्टिनमा

३ जनालाई कोरोना पुष्टि भएपछि मस्जिदका अध्यक्ष, धर्मगुरुसहित २६ जना क्वारेन्टिनमा

नेपालखबर
चैत ३०, २०७६ आइतबार ७:१८,

वीरगन्जको मस्जिदमा रहेका तीन जनामा कोरोना संक्रमण देखेएपछि मस्जिदका अध्यक्ष र धर्मगुरुसहित २६ जनालाई क्वारेन्टिनमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार यसअघि २४ जनालाई क्वारेन्टिनमा राखेर स्वाव संकलन गरी परीक्षणका लागि बिहीबार हेटौडा पठाइएको थियो।

हेटौडामा परीक्षण गर्दा कोभिड–१९ संक्रमण भएको रिपोर्ट आएपछि काठमाडौं ल्याइएकोमा ३ जनामा संक्रमण रहेको पुष्टि भएको हो।

सो रिपोर्ट आउनासाथ पर्सा प्रहरीले मस्जिदका अध्यक्ष र त्यहाँका धर्मगुरुसहित थप ५ जनालाई समेत क्वारेन्टिनमा राखेको छ।

अहिले मस्जिदका २६ जना सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा छन्।

कोरोना देखिएका तीन जनालाई भने त्यसपछि वीगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।

आइतबार काेराेना पुष्टि भएका ती तीनजनाले पटक पटक बयान फेर्दा अनुसन्धानमा जटिलता आएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएकाे छ।

‘उनीहरुले बयान फेरिरहेका छन्। त्यसैले उनीहरु कहाँ कहाँ गए, कति जनासँग सम्पर्क गरे भन्ने कुरा गृहले आफ्नो किसिमबाट अनुसन्धान गरिरहेको छ,’ मन्त्रालय स्रोतले बतायो। ‘सम्पर्क आएकालाई छुट्याइएको छ। थप विवरण आएपछि ती व्यक्तिलाई ट्रयाकिङ (खोज) गरी सोहिअनुसार आवश्यक व्यवस्थापन गरिन्छ।’

याे पनि: 
वीरगञ्जको मस्जिदमा रहेका तीन पुरुषमा कारोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .