समाज


विमानस्थलमा कर्मचारीका लागि आचारसंहिता: जाँदा ‘ह्याभ अ नाइस जर्नी’ र आउँदा ‘वेलकम’ भन्नुपर्ने

विमानस्थलमा कर्मचारीका लागि आचारसंहिता: जाँदा ‘ह्याभ अ नाइस जर्नी’ र आउँदा ‘वेलकम’ भन्नुपर्ने

नेपालखबर
असार २७, २०८२ शुक्रबार २०:१७, काठमाडौँ

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कर्मचारीका लागि नैतिक संहिता (कोड अफ इथिक्स) लागू गरेको छ।

शुक्रबार सूचना प्रकाशित गरी विमानस्थलले विभिन्न बुँदामा नैतिक संहिता लागू गरेको हो।

‘अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप यस कार्यालयमा कार्यरत कर्मचारीहरूलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक / सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन’ कोड अफ इथिक्स बनाई आजैको मितिबाट लागू गरिएको कार्यालयले जनाएको छ।

जसको मुख्य बुँदाहरूमा,
प्रस्थान गर्ने यात्रुलाई कम्तिमा ‘ह्याभ अ नाइस जर्नी’ भन्ने,

नेपाल भित्र प्रवेश गर्नेलाई कम्तिमा ‘वेलकम इन नेपाल, ह्याभ र नाइस डे’ भन्ने
थोरै र आवश्यक प्रश्नहरू मात्र गर्ने,
खाडी मुलुकहरू लगायतमा श्रम / काम गर्न प्रस्थान सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने,
रूखो व्यवहार नगर्ने, बोली वचनमा मिठासपना दिने,
देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीबचन र हाउभाउले आत्मीयता प्रदान गर्ने लगायतका विषयहरू उल्लेख छ।

उक्त नैतिक संहिता अनुरूपको व्यवहार देखिएको/नदेखिएको यात्रुहरूले तत्कालै व्यक्त गर्न हाल कार्यालयको १५ वटा डेस्क राखिएको र बाँकी डेस्कहरूमा पनि छिट्टै जडान गरिने अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालाले जनाएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad