अर्घाखाँचीमा आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।
प्रहरीका अनुसार जिल्लाको सन्धीखर्क नगरपालिका-१२ बाँसखर्कमा ७२ वर्षीय जंगबहादुर नेपालीको हत्या आरोपमा उनकै छोरा ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ पक्राउ गरिएको हो।
झुपेले कुटपिट गर्दा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया