काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति समितिले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितामार्फत् विभिन्न पदमा ५२ जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो।
कार्यालयमा रिक्त रहेका पदहरुमध्ये लोकसेवा आयोगको सहमतिअनुसार उपप्रवन्धक, सहायक प्रवन्धक, इन्जिनियर, प्रशासन अधिकृत, लेखा अधिकृतसहित ५२ पदमा स्थायी पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वरस्थित मानवश्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन्।
हेर्नुहोस् सूचना



1.4k
Shares

प्रतिक्रिया