समाज


रसुवामा बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो

रसुवामा बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार १०:३२, काठमाडौँ

नेपाल–चीन सीमा नाका रसुवागढी क्षेत्रमा बाढीबाट विस्थापित बनेका नागरिकलाई सुरक्षितरुपमा गन्तव्यतर्फ पठाइएको छ। सशस्त्र प्रहरी बलतका सुरक्षाकर्मीको सहयोगमा अस्थायी पदमार्ग खोलेर बिहीबार ४८५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
 
ल्हेन्दे खोलामा आएको बाढीको कटान तथा पहिरोबाट रसुवागढी–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रुपमा बन्द भएपछि अस्थायी बाटो बनाएर उनीहरुलाई सुरक्षित स्थानमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीले रसुवाको टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा फसेका दुई वटा कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित स्थानमा सारेका छन्।
 
गएको मङ्गलबार बिहान ल्हेन्दे खोलामा एक्कासी बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी तीन सुरक्षाकर्मीसहित १४ नेपाली र छ जना चिनियाँ नागरिक हराइरहेका छन्। 

हालम्म चार जनाको शव तथा पाँच वटा मानव अङ्ग मात्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। फेला परेकामध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ। अन्य शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
 

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ। अहिले सो नाका पूर्ण रुपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युत् सेवा पूर्ण रुपमा ठप्प छ। सञ्चारका साधनले समेत काम गर्न छाडेका छन्।
 
उपत्यकामा २४ सै घण्टा तैनाथी
यसैबीच, काठमाडौँ उपत्यकामा हुनसक्ने डुबानलगायत विपद्को सामना गर्न २४सै घण्टा तैनाथी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरमा  रहेका सशस्त्रका प्रत्येक गण, गुल्म र सुरक्षाबेसमा  करिब चार सय बढी फौजलाई उद्धार सामग्रीसहित तयारी राखिएको सहप्रवक्ता थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad