प्रहरीले ४० किलो गाँजासहित काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले एक लाख २५ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ।
उनीहरूले काठमाडौँको कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो। त्यहाँ राखेर गाँजा बिक्री वितरण गर्दै आएको प्रहरीको भनाइ छ।
93
Shares

प्रतिक्रिया