ad ad

समाज


बेलायतमा कोरोना संक्रमणका कारण १९ स्वास्थ्यकर्मीको मृत्यु

बेलायतमा कोरोना संक्रमणका कारण १९ स्वास्थ्यकर्मीको मृत्यु

नेपालखबर
चैत २९, २०७६ शनिबार १०:२२,

शनिबार बेलायत सरकारले कोरोना भाइरसका कारण राष्ट्रिय स्वास्थ्य सेवाका १९ सदस्यको ज्यान गएको जानकारी दिएको हो।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले भने,‘कोरोना नियन्त्रणमा खटेका स्वास्थ्यकर्मीको निधनले हामीलाई निशब्द बनाएको छ।’

बेलायतका प्रधानमन्त्री नै कोरोना भाइरसले संक्रमित छन्। हालै अवस्था बिग्रिएकाले प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसीयूमा राखिएको थियो। यतिबेला भने उनलाई आइसीयूबाट निकालिएको छ।

गत बुधबारमात्र बेलायतले आफ्ना देशमा ८ डाक्टरको कोरोनाका कारण मृत्यु भएको जनाएको थियो। उनीहरु सबै आप्रवासी डाक्टरहरु थिए।

हालसम्म बेलायतमा ७३ हजार ७५८ कोरोना संक्रमित छन्। त्यहाँ ८ हजार ९५८ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .