समाज


यी हुन् कोरोना भाइरसले सबैभन्दा प्रभावित दश राष्ट्र (अपडेट)

यी हुन् कोरोना भाइरसले सबैभन्दा प्रभावित दश राष्ट्र (अपडेट)

नेपालखबर
चैत २९, २०७६ शनिबार ८:४८,

विश्वव्यापी बनिसकेको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १७ लाख ३ हजार १४७ बिरामी परेका छन्।

शनिबारसम्म यस भाइरसले एक लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। हालसम्म १ लाख २८ सय ४६ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरस लागेका ३ लाख ७७ हजार २७३ जना भने उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय कोरोनाको उत्पत्तिस्थल चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। हाल अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको छ।

कोरोनाले सबैभन्दा बढी प्रभावित दश राष्ट्र

१. अमेरिकाः ५ लाख ३१ सय ७७ संक्रमित, १८ हजार ७६१ को मृत्यु, २७ हजार ३१४ उपचारपछि स्वस्थ

२. स्पेनः एक लाख ५८ हजार २७३ संक्रमित, १६ हजार ८१ को मृत्यु, ५५ हजार ६६८ उपचारपछि स्वस्थ

३. इटलीः एक लाख ४७ हजार ५७७ संक्रमित, १८ हजार ८४९ को मृत्यु, ३० हजार ४५५ उपचारपछि स्वस्थ

४. फ्रान्सः एक लाख २४ हजार ८६९ संक्रमित, १३ हजार १९७ को मृत्यु, २४ हजार ९३२ उपचारपछि स्वस्थ

५. जर्मनीः एक लाख २२ हजार १७१ संक्रमित, २ हजार ७३६ को मृत्यु, ५३ हजार ९१३ उपचारपछि स्वस्थ

६. चीनः ८१ हजार ९५३ संक्रमित, ३३ सय ३९ को मृत्यु, ७७ हजार ५२५ उपचारपछि स्वास्थ

७. बेलायतः ७३ हजार ७५८ संक्रमित, ८ हजार ९५८ को मृत्यु, ३४४ उपचारपछि स्वस्थ

८. इरानः ६८ हजार १९२ संक्रमित, ४ हजार २३२ को मृत्यु, ३५ हजार ४६५ उपचारपछि स्वस्थ

९. टर्कीः ४७ हजार २९ संक्रमित, १ हजार ६ को मृत्यु, २४ सय २३ उपचारपछि स्वस्थ

१०. बेल्जियमः २६ हजार ६६७ संक्रमित, ३ हजार १९ को मृत्यु, ५ हजार ५६८ उपचारपछि स्वस्थ, एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .