समाज


काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, दिइयो पहेँलो रङ

काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, दिइयो पहेँलो रङ

नेपालखबर
असार २३, २०८२ सोमबार ८:५९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २३, सोमबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ। तर कोसी, नारायणी जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा छ।

आज दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको जानकारी बाढी महाशाखाले दिएको छ।

यसैगरी कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम नै छ।

उल्लिखित ३७ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ दिएको छ। 

हेर्नुहोस्, बाढी महाशाखाको बुलेटिन:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad