ad ad

समाज


काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्दै सञ्चालन गरिएका १९७ सवारीसाधन समातिए

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्दै सञ्चालन गरिएका १९७ सवारीसाधन समातिए

नेपालखबर
चैत २९, २०७६ शनिबार ६:१५,

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी लकडाउन (बन्दाबन्दी) उल्लंघन गर्दै काठमाडौं उपत्यकाका विभिन्न सडकमा चलाइएका झन्डै २०० सवारीसाधनलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार बिहान १० बजेसम्ममा त्यसरी चलाइएका १९७ सवारीसाधन नियन्त्रणमा लिइएको हो।

काठमाडौं उपत्यकाअन्तर्गत विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

सरकारले वैशााख ३ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ र यस अवधिमा देशभरका नागरिकलाई अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। अटेर गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .