ad ad

समाज


नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस

उजिर कार्की
चैत २८, २०७६ शुक्रबार २०:५९,

नेपाल प्रहरीका १० जना एसएसपीलाई डीआईजी अर्थात् प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ।

शुक्रबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले २०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरुमध्येबाट डीआईजीमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव शैलेश थापा क्षेत्रीले नेपालखबरलाई जानकारी दिएका हुन्।

डीआईजी बढुवाका लागि सिफारिस हुनेमा ८ जना २०७४ साउनमा एसएसपी भएका र दुई जना २०७५ जेठमा एसएसपी भएका हुन्।

वरीयता क्रमअनुसार घनश्याम अर्याल पहिलो नम्बरमा सिफारिस हुँदा प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा क्रमशः सिफारिसमा परेका छन्।

धिरजप्रताप सिंह, वसन्त कुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको हो ।

२०७४ जेठमा पहिलो नम्बरमा एसएसपी बढुवा भएका सहकुलबहादुर थापा पाँचौँ नम्बरमा र दोस्रो नम्बरमा एसएसपी भएका अरुणकुमार बिसी दशौं नम्बरमा डीआईजी सिफारिस भएका छन्।

प्राविधिकतर्फ बाहेक १४ जना डीआईजी कायम गरेर बिहीबार गृहमा पत्र पुगेको भोलिपल्टै डीआईजी सिफारिस गरिएको हो। नेपाल प्रहरीमा गत माघदेखि नै डीआईजीहरु खाली थिए।

अब १४ डीआईजीमध्ये ७ प्रदेशमा र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, विशेष ब्युरो नक्साल, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एक÷एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहनेछन्।

नेपाल प्रहरीमा पहिलेको दरबन्दीअनुसार २२ जना डीआईजीको पद रिक्त भए पनि १२ जनाको दरबन्दी काटौती भएपछि १० जना सिफारिस गरिएको हो।

अहिले चार जना डीआईजी कार्यरत छन्। डीआईजीहरु निरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोख्रेल कार्यरत छन्। कार्की प्रदेश २ मा, शाही सीआईबीमा, उपाध्याय प्रधान कार्यालयमा र पोख्रेल महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन्।

एउटै विज्ञापनमा भिडेर ११ महिनाको फरकमा भर्ना भएका ३४ एसएसपीलाई बढुवाको दाबेदार मानिएको थियो। तर अघिल्लो वर्ष एसएसपी भएकाले प्राथमिकता पाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .