ad ad

समाज


दक्षिण कोरियामा निको भएका ९१ जनामा फेरि देखियो कोरोना

दक्षिण कोरियामा निको भएका ९१ जनामा फेरि देखियो कोरोना

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १७:१,

दक्षिण कोरियामा कोरोनाबाट निको भइसकेका ९१ जनामा फेरि सोहि भाइरस देखिएको छ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक यिङ यन–क्यङले शुक्रबार सो जानकारी दिएका हुन्।

उनले ती व्यक्तिमा फेरि संक्रमण भएको भन्दा पनि सुषुप्त अवस्थामा पुगेको भाइरस पुनः सक्रिय भएको हुनसक्ने बताए।

यसको सरुवाको प्रकृतिबारे अध्ययन जारी नै रहेका बेला यो नयाँ जटिलताबारे अहिले नै कुनै निष्कर्षमुलक कुरा भन्न नसकिने दक्षिण कोरियाको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

मानिसहरुमा क्रमशः संसारभर फैलिइरहेको यो भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढ्दै जाला भन्ने अपेक्षा भइरहेका बेला यो रोग पुनः सक्रिय हुने ट्रेन्ड बढ्न थाल्यो भने त्यो थप चुनौतिपूर्ण हुनसक्ने बताइएको छ।

दक्षिण कोरियामा यस्ता बिरामीको संख्या सोमबारसम्म ५१ रहेकोमा बढेर शुक्रबार ९१ पुगेको हो।

अहिलेसम्म ७ हजार दक्षिण कोरियालीहरु कोभिड–१९ बाट निको भएको बताइएको छ।

‘यो संख्या अझै बढ्नेछ। ९१ त सुरुवात मात्र हो,’ कोरिया युनिभर्सिटी गुरो हस्पिटलका सरुवा रोगसम्बन्धी प्रोफेसर किम वु–जुले बताए।

केसीडीसीका निर्देशक यिङ यन–क्यङले पनि ती बिरामीहरु पुनः संक्रमित नभई सो भाइरस पुनः सक्रिय भएको हुनसक्ने बताए।

किमले पनि सोहि धारणा व्यक्त गरे।

परीक्षणको नतिजा गलत आएको हुनसक्ने पनि विज्ञहरुले बताएका छन्।

‘यसबारे थुप्रै व्याख्या र फरक फरक आधारहरु छन्,’ हालिम युनिभर्सिटी स्याक्रेड हर्ट हस्पिटलका प्रोफेसर यङ कि–सकले बताए।

त्यसो त यो संक्रमण फैलिएर फेब्रुअरी महिनामा प्रतिदिन संक्रमित हुनेको संख्या ९०० सम्म पुगेको दक्षिण कोरियामा शुक्रबार सो संख्या २७ मा झरेको छ। जुन पछिल्लो समयको सबैभन्दा न्यून हो।

अहिलेसम्म त्यहाँ संक्रमित हुनेको संख्या १०,४५० पुगेको छ।

यसबाट २११ जनाले ज्यान गुमाएका छन्।

देगु भन्ने ठाउँमा रहेको एउटा चर्चमा संक्रमण फैलिएपछि दक्षिण कोरियामा संक्रमितको संख्या ह्वात्तै बढेको थियो।

-राेयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .