ad ad

छापा खबर


अपारदर्शी खरिद प्रक्रियाको विरोध गर्ने लेखाप्रमुखमाथि स्वास्थ्य सेवा विभागद्वारा कारबाहीको तयारी

 अपारदर्शी खरिद प्रक्रियाको विरोध गर्ने लेखाप्रमुखमाथि स्वास्थ्य सेवा विभागद्वारा कारबाहीको तयारी

नेपालखबर
चैत २९, २०७६ शनिबार ०:२,

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुख केशव प्रसाईंलाई सरुवा गरेर मात्रै सरकारले चित्त बुझाएको छैन।

कारबाही प्रक्रिया नै अघि वढाएको छ। ‘अनुशासनहिन’ काम गरेको आरोपमा उनलाई कारबाही गर्ने तयारी विभागले गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

सार्वजनिक खरिद कार्यालयबाट १५ दिनअघि मात्र विभागमा सरुवा गरिएका प्रसाईंलाई मंगलबार राति एकाएक कारागार व्यवस्था विभाग डिल्लीबजार सरुवा गरिएको थियो।

उनी २६ चैतमा कारागारमा हाजिर भइरसकेका छन्।

तर, विभागले ‘ब्याकडेट’मा पत्र जारी गरेर शुक्रबार प्रसाईंसँग स्पष्टीकरण मागेको छ। पत्रमा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै प्रश्न गरिएको छ।

स्वास्थ्य मन्त्रालयले गत सोमबार स्वास्थ्य विमागलाई पत्र लेखेर ४० करोड २२ लाख बराबरको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर गर्न निर्देशन दिएको थियो।

त्यसमा प्रसाईंसहित विभागको आर्थिक प्रशासन शाखाका तीन अधिकृतले मन्त्रिपरिषदले जिटुजी प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेकाले त्यस्तै सामग्री खरिद गर्न अर्को टेन्डर खोल्न नहुने भन्दै असहमति जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .