समाज


विनयी खोलामा ६ महिनामै बन्यो नयाँ पुल, चल्न थाले गाडी

विनयी खोलामा ६ महिनामै बन्यो नयाँ पुल, चल्न थाले गाडी

नेपालखबर
असार १९, २०८२ बिहिबार १३:१६, काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भएर आजदेखि गाडी चल्न थालेका छन्। 

बुटवल–नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलाको पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि यहाँ अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण ढंगले सवारी सञ्चालन हुँदै आएका थिए। 

विनयी खोलमा आउँने बाढीले डाइभर्सन बगाउँदा लामो सयमसम्म यहाँ सवारी रोकिँने गरेका थिए। 

विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भएर आजदेखि गाडी चल्न थालेसँगै अब डाइभर्सनबाट गाडी चलाउनु पर्ने वाध्यता हटेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए।

पुलमा कालोपत्रे लगायतका सबै काम सम्पन्न भएसँगै बुधबार बिहान ११ बजेदेखि यहाँबाट गाडी चल्न थालेका हुन्।  

निर्माण कम्पनीले २४५ मिटर लामो र ७.५ मिटर चौडाइको पुल ६ महिनामै निर्माण सकेको हो। पुलमा पैदलयात्रुका लागि फुटपाथसमेत निर्माण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad