सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा. लि. ले आफ्नो ह्याचब्याकको दाममा एसयूभी अभियान अन्तर्गत मूल्य घटाएको घोषणा गरेको छ।
पहिले ३६.५० लाखमा उपलब्ध रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयूभी अब २९.९९ लाख रुपैयाँमा नै उपलब्ध हुने भएको हो। यसले ह्याचब्याकको मूल्यमा एसयूभीको अनुभव प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।
“ह्याचब्याकको दाममा एसयूभी” अफरअन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि प्राप्त गर्नेछन्। भारतमा निर्मित सिट्रोन सी३ पेट्रोलमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल ओआभीएमएस र शक्तिशाली १२०० सीसी इन्जिन जस्ता प्रिमियम फिचरहरू रहेका छन्।
यसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा मूल्यवान् विकल्प बनाएको छ। साथै, यसका स्पेयर पार्टहरू सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूको अनुभव झन्झटरहित हुने कम्पनीको भनाइ छ।
साङ्ग्रिला मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक हेमन्त गोल्छाले विश्वव्यापी रूपमा प्रशंसित गाडीहरू ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए। सिट्रोन सी३ को यो नयाँ मूल्यको साथ सुविधाहरू, आराम र पर्फर्मेन्समा सम्झौता नगरी आकर्षक मूल्य प्रदान गर्ने लक्ष्य राखेको उनले बताए।
गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रा. लि. सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।
साङ्ग्रिला मोटर्सले नेपाली बजारमा नवीन र दिगो मोबिलिटी समाधानहरू उपलब्ध गराउने आफ्नो दृष्टिकोणलाई निरन्तर अघि बढाइरहेको छ।
Shares

प्रतिक्रिया