काठमाडौँको तारकेश्वरमा गएराति मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ।
प्रहरी परिसर काठमाडौँका अनुसार तारकेश्वर नगरपालिका-३ पाँचमानेका बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तारकेश्वर नगरपालिका-८ भेटघाट चोक निवासी ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो।
मोटरसाइकल चालक नवीन घिमिरेलाई प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ। सडकमा पैदल हिँडिरहेको बेला आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि ग्राण्डी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन्।
591
Shares

प्रतिक्रिया