समाज


जगदम्बा स्टिल उद्योगमा विस्फोट, कम्तीमा १ मजदुर घाइते

जगदम्बा स्टिल उद्योगमा विस्फोट, कम्तीमा १ मजदुर घाइते

नेपालखबर
असार १९, २०८२ बिहिबार ६:९, काठमाडौँ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्स भट्टीमा विस्फोट भएको छ। 

इलाका प्रहरी कार्यालय सिमराका अनुसार गएराति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो। विस्फोटमा परेर कम्तीमा पनि एकजना घाइते भएका प्रहरीले जनाएको छ।

घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा पुगेको थियो 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितका अनुसार विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन। प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए।  

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एक जना मात्र घाइते भएको जानकारी उद्योग प्रशासनले दिएको छ।

घाइते हुनेमा भारतको बिहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेका इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए। उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad