ग्लोबल


उडिरहेका बेला स्पाइसजेट विमानको झ्याल उप्कियो (भिडिओ)

उडिरहेका बेला स्पाइसजेट विमानको झ्याल उप्कियो (भिडिओ)

नेपालखबर
असार १९, २०८२ बिहिबार ६:४१, काठमाडौँ

भारत गोवाबाट पुणेतर्फ उडिरहेका बेला स्पाइसजेट विमानको झ्यालको फ्रेम उप्किएको छ।

एयरलाइन्सले बुधबार यो जानकारी दिएको हो। घटना भने मंगलबारको हो। 

एयरलाइन्सले विज्ञप्तिमा भनेको छ- ‘क्यू४०० विमानमध्ये एकको 'कस्मेटिक' (भित्री) झ्यालको फ्रेम उडानका क्रममा खुकुलो भयो र उप्कियो।’

एयरलाइन्सका अनुसार विमान पुणे विमानस्थलमा अवतरण गरेपछि फ्रेम मर्मत गरिएको छ।

स्पाइसजेटले विज्ञप्तिमा अगाडि भनेको छ- उडानभरि क्याबिनमा दबाब सामान्य रह्यो र यसले यात्रुहरूको सुरक्षामा कुनै असर पारेन। 

यसैबीच विमानको योग्यतामा प्रश्न उठाउँदै एक यात्रुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भाँचिएको झ्यालको भिडिओ पोस्ट गरेका छन्।

हेर्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad