ad ad

समाज


इटलीमा पीपीईबिनै कोरोना संक्रमितको उपचारमा खटिँदा १०१ डाक्टरको मृत्यु

इटलीमा पीपीईबिनै कोरोना संक्रमितको उपचारमा खटिँदा १०१ डाक्टरको मृत्यु

नेपालखबर
चैत २७, २०७६ बिहिबार १७:६,

इटलीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अहिलेसम्म सय जनाभन्दा बढी डाक्टरको मृत्यु भएको छ।
इटलीको स्वास्थ्य संस्थाले बिहीबार गराएको जानकारीअनुसार संक्रमितको उपचार गर्ने क्रममा १ सय १ चिकित्सकको मृत्यु भएको हो।

संस्थाका प्रवक्ताले एएफपीलाई बताएअनुसार मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक, जसलाई सरकारले कोरोना महामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेका युवा चिकित्सकसमेत छन्।

इटलीका सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट ३० नर्स र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गिरएको छ।

‘हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड-१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौं। त्यसैले हामीले कर्तव्य पालनाका सिलसिलामा धेरै सहकर्मी गुमाउनु परेको हो,’ संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले भनेका छन्, ‘यो कोरोनाविरूद्धको संघर्षमा हामी चुकेको क्षण हो।’ रोमको जनस्वास्थ्य संस्था ९आईएसएस० का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अनुमान छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .