ad ad

राजनीति


कोरोनाले शिक्षा क्षेत्रलाई तत्काल डिजिटल प्रणालीमा जानका लागि दबाब दियो : शिक्षामन्त्री पोखरेल

कोरोनाले शिक्षा क्षेत्रलाई तत्काल डिजिटल प्रणालीमा जानका लागि दबाब दियो : शिक्षामन्त्री पोखरेल

नेपालखबर
चैत २७, २०७६ बिहिबार १६:१३,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड १९) ले उत्पन्न गरेको संकटलाई अवसरका रुपमा लिएर शिक्षा क्षेत्रमा नयाँ प्रणालीको विकास गर्नुपर्ने बताएका छन्।

बिहीबार साँझ सबै विश्वविद्यालयका उपकूलपतिसँगको भिडियो मिटिङमा मन्त्री पोखरेलले कोरोना भाइरसले तत्काल डिजिटल प्रविधिमा जान दबाब दिएको बताएका हुन्।

‘कोरोना भाइरसका कारण उत्पन्न संकटलाई बदलेर शिक्षा क्षेत्रमा नयाँ प्रणालीको विकास गर्ने बे ला आएको छ’, भिडियो बैठकमा मन्त्री पाखरेलले उपकूलपतिहरुसँग भने, ‘हामीहरु ढिलोचाँडो डिजिटाल प्रणालीमा जानै पर्थ्यो, कोरोनाको यो महामारीले हामीलाई तत्काल जानका लागि दाबाब दिगो, यसलाई अवसरका रुपमा लिएर अगाडि बढौँ।’ मन्त्री पोखरेलले अहिलेको अवस्थालाई बुझेर सोही अनुसार तयार हुन उपकूलपतिहरुलाई निर्देशन समेत दिए।

मन्त्री पोखरेलले सबै विश्वविद्यालयहरु मिलेर यो महामारीलाई जित्नेगरी लडाइँको तयारी गर्नुपर्ने समेत बताए।

उक्त भिडियो बैठकमा वर्तमान संकटमा विश्वविद्यालयहरुले खेलेको र खेल्नुपर्ने भूमिका, स्वयंसेवक परिचालन, अनलाई शिक्षा, कोरोना कोषमा सहयोग लगायतका विषयमा छलफल भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

मन्त्री पोखरेलले आजको संकट पार लगाउनका लागि राज्यलाई हरेक क्षेत्रबाट सहयोग गर्ने र भोलि कोरोना भाइरस (कोभिड १९)का बारेमा अनुसन्धान गर्ने जिम्मेवारी विश्वविद्यालयहरुको भएको बताए। उनले महामारीको समयमा राष्ट्रिय स्तरमा परिचालन गर्न सकिने स्वयंसेवकको लिष्ट मन्त्रालयमा पठाउन र सरकारी छात्रावृत्तिमा अध्ययन गरिरहेका र गरिसकेकाको लिष्ट तयार गर्न निर्देश समेत दिए।

‘यो सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका र गसिकेकाहरुलाई अब राज्यलाई सहयोग गर भनेर भन्ने बेला हो’, मन्त्री खोखरेलले उपकूलपतिहरुसँग भने, ‘यो लडाइँमा खट्न सक्ने स्वयंसेवकको लिस्ट बनाएर पठाउनुहोस्।’ मन्त्री पोखरेलले कोरोना कोषमा सहयोग गर्न समेत उपकूलपतिहरुसँग आग्रह गरेका थिए।
सो भिडियो बैठकमा उपकूलपतिहरुले आआफूले गरिरहेका कार्यबारे जानकारी गराएका थिए। त्रिभुवन विश्यविद्यालयका उपकूलपतिले विश्वविद्यालयका सबै ल्याबहरु प्रयोगमा ल्याउने गरी काम गरेको, स्वयंसेवक परिचालन गरेको, सचेतना सामग्री प्रकाशन तथा वितरण गरेको बताएका थिए

त्यस्तै काठमाडौँ विश्वविद्यालयका उपकूलपतिले मेडिकल र अन्य संकायका विद्यायार्थीलाई स्वयंसेवक बनाएर परिचालन गरेको, पीआरसी मेसिन सञ्चालनमा ल्याई परीक्षण सुरु गरेको र अनलाई शिक्षालाई अगाडि बढाएको बताएका थिए।

मध्यपश्चिम विश्वविद्यालयका उपकूलपतिले क्वारेन्टिन बनाउनका लागि ६ सय जनाको स्वयंसेवक टिम तयार गरेको जनचेतान अभिवृद्धिका लागि विभिन्न काम गरेको, टोली नै बनाएर अनलाई एजुकेशनको काम अगाडि बढाएको बताएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयका उपकलपतिले कतिपय क्यम्पसहरुलाई क्वारेन्टिन र आइसोलेसनमा रुपान्तरण गरिएको, स्थानीय तहसँग मिलेर टेस्ट बुथ बनाउने काम गरेको, कोरोना राहत कोषमा १६ लाख ३१ हजार ८ सय जम्मा गरेको ९ जनाको टिम बनाएर अनलाईन एजुकेसनको काम अगाडि बढाएको बताएका थिए।

त्यस्तै पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र खुला विश्दविद्यालयका उपकूलपतिहरुले पनि आफूहरुले चालेका विभिन्न कदमहरुका बारेमा मन्त्री पोखरेललाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .