समाज


१३ असार : कुम्भलाई आकस्मिक धनलाभ, सिंहको दिन संघर्षमय, तपाईंको राशिमा के छ?

१३ असार : कुम्भलाई आकस्मिक धनलाभ, सिंहको दिन संघर्षमय, तपाईंको राशिमा के छ?

ज्यो. मेनुका दाहाल
असार १३, २०८२ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, १३ असार २०८२ (२७ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। साँझमा अरूलाई प्रभावित पारेर काम बन्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

वृष: कला र गलाको प्रभाव बढ्नेछ। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कतैबाट शुभ समाचार सुन्नमा आउला। साँझमा नजिकका व्यक्तिसँग झगडा पर्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मध्य दिनपछि मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

कर्कट: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। सन्तान सुख मिल्ला। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने। 

सिंह: लाभहानि बराबरी हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। परिवारका लागि धेरै समय दिन पाइने छैन। बजार घुम्ने अवसर मिल्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। अरूको ईर्ष्या नगर्ने।

कन्या: मित्रले सहयोग गर्नेछन् र तपाईँलाई खुसी राख्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने। 

तुला: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। कुनै कुराले मनमा शान्ति छाउला। दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। जीवनसाथीसँग राम्रो आहारविहारका साथै रमाइलो समय बिताउनु हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु: भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। जसले गर्दा बन्न लागेको काम पनि बिग्रन सक्छ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले भने काम बन्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धनमाल हात लाग्न सक्नेछ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने। 

कुम्भ: सेवामूलक कामबाट सन्तुष्टि मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। आकस्मिक धन लाभ हुनेछ। अरूको भलाइका लागि दौडधुप होला।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: दिन भाग्यशाली भएर देखा पर्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहला।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad