गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित वरिष्ठ अधिकृत सम्मेलन समापन गरेका छन्।
समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभावकारी बनाउन सम्मेलन महत्त्वपूर्ण रहेको चर्चा गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
सो क्रममा छलफल भएका विषयहरु आगामी दिनमा संगठनको हित र बृहत्तर वृत्तिविकासको लागि मार्गदर्शक हुने गृहमन्त्री लेखकको भनाइ थियो।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले पनि सहभागी थिए। राजस्व चुहावट नियन्त्रणमा असार ११ र १२ गते सञ्चालन भएको सम्मेलनमा भौतिक तथा भर्चुअल माध्यमबाट विविध विषयमा छलफल भएको थियो।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव रामचन्द्र तिवारी, प्रशासन महाशाखाका सहसचिव छवि रिजाल, नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव आनन्द काफ्ले सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत तथा भर्चुअल माध्यमबाट प्रदेशस्थित बाहिनी मुख्यालयका वरिष्ठ अधिकृतहरु उपस्थित थिए।
Shares

प्रतिक्रिया