समाज


कठघरामा माधव नेपाल : इजलासमा वकिल अटाएनन्, बहस सुन्न प्रांगणमा माइक

कठघरामा माधव नेपाल : इजलासमा वकिल अटाएनन्, बहस सुन्न प्रांगणमा माइक

नेपालखबर
असार ११, २०८२ बुधबार १६:२६, काठमाडौँ

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहसमा वकिल भरिभराउ भएका छन्। 

विशेष अदालतमा चलिरहेको बसको इजलासमा वकिलहरु नआटएपछि प्रांगण समेत भरिभराउ भएको छ। इजलासमा सबै वकिल नअटाएपछि बहस सुन्न विशेष अदालतको प्रागणमा माइक लगाइएको छ। 

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा जारी बहसका लागि नेपाल पक्षका ५० जनाले वकालतनामा लेखाएको पनि ८ जनाले मात्रै बहस गर्न पाए।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धानको तर्फबाट ४ जना वकिलले बहसमा भाग लिएका छन्।

आजै बहस सक्ने अदालतको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad