आज बुधबार, ११ असार २०८२ (२५ जुन २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: छोटो दूरीको लाभदायक यात्रा होला। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बालबालिकालाई खुसी बनाउने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष: आफन्तको प्रगतिमा मन रमाउनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। धार्मिक काम तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
मिथुन: मित्र वा आफन्तको सहयोग मिल्नेछ। केही उपहार प्राप्त होला। धार्मिक र सफल यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम फत्ते हुनेछन्।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।
कर्कट: प्रेममा मनमुटाव होला। मन कमजोर रहनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। सरकारी निकायको भय रहनेछ। नाक तथा घाँटीमा समस्या आउला।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६७, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
सिंह: रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। विद्या र बुद्धिको विकास होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिन्छ। अग्रजहरूको अनुभवअनुसार अवसर पहिल्याउन सकिनेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: दानपुण्यका कार्यमा सहभागी भइनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। मङ्गल कार्यको योग छ। सन्तान सुख मिल्नेछ। घरमा अतिथिको आगमन होला। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६८, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
तुला: आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। विद्या र बुद्धिको विकास हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक: सुखदुःख बराबरी होला। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ, सचेत हुनुपर्छ। इच्छित फल प्राप्तिका लागि निकै संघर्ष गर्नु पर्ने देखिन्छ। सेयर बजारको कारोबारमा मन्दी आउनेछ। कसैप्रति विश्वासमा कमी आए पनि विश्वास गर्नैपर्ने बाध्यात्मक परिस्थिति बन्नेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
धनु: नयाँ रोजगारी पाइनेछ। रमाइलो यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभकार्यको चर्चा चल्ला। साँझमा पारिवारिक झमेलामा परिन सक्छ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
मकर: मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ। पुँजी बजारले साथ दिनेछ। सेयर बजारको कारोबारबाट राम्रै फाइदा होला।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ४४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
मीन: कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घरव्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधा हुने देखिन्छ। बन्न लागेको काम पनि बिग्रिएला। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। शैक्षिक क्षेत्र कमजोर रहनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया