आज मङ्गलबार, १० असार २०८२ (२४ जुन २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: दिन कर्मप्रधान छ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न रहनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। सवारी साधन खरिदबिक्रीको योग छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
वृष: सरकारी निकायको भय रहला। नियमित खर्च बढ्ने योग छ। कसैले सहयोग गर्ने नाममा झुक्याउन सक्छन्, सावधान रहनुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। प्रेम जीवन सबल र सफल रहनेछ। हराएको आत्मविश्वास बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मिथुन: दिन मनोरञ्जनपूर्ण रहला। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। नजिकका मित्रसँग भेटघाट हुनेछ। प्रेमीले सहयोग गर्लान्। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ४७, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कर्कट: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आँटे-ताकेको पूरा होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: केही कुराको विवादमा तपाईँको तर्कले जित्नेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको काम सम्पादन होला।
भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
कन्या: कडा परिश्रम व्यर्थै खेर जान सक्छ। कार्य सम्पादनमा समस्या आउला। ज्यान आलस्य हुनेछ। वैदेशिक कार्यमा अवरोध हुनेछ। कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ। गरेका काममा ढिलासुस्ती होला।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
तुला: स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। रोकिएका कार्यको पुन: थालनी हुनेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्यारो साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला। अचल सम्पत्ति हात पर्ने योग छ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चिताएको कामले तीव्रता लिनेछ। रमणीय र सुखद यात्राको योग छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछन्।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। उत्तर दिशा नजाने।
धनु: धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सेयर बजारको कारोबारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन। समयको सही सदुपयोग हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।
मकर: सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। खर्च गरेको रकम अनावश्यक ठाउँमा पर्न सक्छ। मनमा दुबिधा उत्पन्न होला। यात्रामा मालसामान हराउन सक्छ। आहारविहारमा सावधानी अपनाउनु होला।
भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६२, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। सेयर बजारले पनि साथ दिनेछ। प्रेम सम्बन्ध कसिलो होला।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन: रमाइलो यात्रा हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६८, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
Shares

प्रतिक्रिया