समाज


बाम्का बजार आगलागीपीडितलाई पर्यटन मन्त्रालयले संकलन गर्‍यो तीन लाख

बाम्का बजार आगलागीपीडितलाई पर्यटन मन्त्रालयले संकलन गर्‍यो तीन लाख

नेपालखबर
असार ६, २०८२ शुक्रबार १४:२०, काठमाडौँ

बाजुराको बुढीगंगा नगरपालिका–६ को बाम्का बजारका आगलागी पीडितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन लाख रुपैयाँ संकलन गरेको छ। 

पर्यटन मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट पर्यटनमन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराको बाम्बा बजारका आगलागीपीडितका लागि उक्त रकम संकलन गरेको हो।

बाम्का बजार आगालगीपीडितका लागि तीन लाख पाँच हजार ७६५ रुपैयाँ संकलन गरिएको मन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव तालबहादुर रावतले जानकारी दिए। 

उनले मन्त्रीको सचिवालय र विभिन्न विभागका कर्मचारीहरूबाट संकलन भएको उक्त रकम जिल्लामा गठन गरिएको राहत संकलन तथा व्यवस्था समितिको खातामा जम्मा गरिएको बताए। बम्का बजारमा जेठ २३ गते भएको आगलागीबाट ठूलो क्षति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad