झापा जिल्लाको गौरीगन्ज गाउँपालिका वडा नं. १ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव साहलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको दाबी गरेको छ।
सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुःख हैरानी दिई घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उक्त रकमसहित सोही वडाको स्थानीय होटलबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको छ।
720
Shares

प्रतिक्रिया