सुनसरीको कप्तानगन्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागि एक युवकको मृत्यु भएको घटनालाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ।
सोमबार जनकपुरधामको रामानन्द चोकमा भेला भएका हिन्दुवादी समूहहरूले उक्त घटनाको विरोधमा प्रदर्शन गरेका हुन्।
सुनसरीको कप्तानगन्जमा आइतबार राति दुई समूहबीच उत्पन्न झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
सोही घटनामा परी अन्य नौ जना घाइते भएका छन्। प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले घटनाको विरोध गर्दै जनकपुरधाममा पनि प्रदर्शन गरेका हुन्।
सो घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भइरहेको छ।
81
Shares

प्रतिक्रिया