समाज


दमकल नहुँदा सखाप भयो बाम्का बजार

दमकल नहुँदा सखाप भयो बाम्का बजार

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १८:५२, काठमाडौँ

बाम्का बजारमा लागेको आगलागी नियन्त्रणमा आएको छ। दिउँसो ३:३० बजे आसपासमा स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विस्फोट हुँदा बुढीगंगा नगरपालिका-६ स्थित बाक्का बजारमा भीषण आगलागी भएको थियो। 

बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले आगलागीबाट ४० वटा घर पसल जलेर पूर्णरुपमा नष्ट भएको जानकारी दिए। 

'सुरुमा एउटा सिलिण्डर पड्किएर आगो लागेको पछि त अरु पसलमा भएका त्यही पसलमा भएका सिलिण्डर पड्किएर सबै ध्वस्त भयो,' उनले नेपालखबरसँग भने, '४० बढी पसल पूर्ण ध्वस्त भएका छन्। क्षति आँकलन गर्न सकिएको छैन। तीन घण्टामा बल्लतल्ल आगो नियन्त्रणमा आएको छ।' 

उनले दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको बताए। उनले थपे, 'हामीसँग दमकल थिएन। गाग्री, बाल्टी ट्यांकरमा पानी ल्याएर आगो नियन्त्रणमा लिन सफल भइयो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad