समाज


कांग्रेसको वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम सुरु

कांग्रेसको वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम सुरु

नेपालखबर
असार २, २०८२ सोमबार १५:१६, काठमाडौँ

नेपाली कांग्रसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो।

शुभारम्भ कार्यक्रममा बोल्दै कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सबै एकजुट हुनुपर्ने बताए। 

पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको भन्दै उनले विानाशलाई पर्खिनु भन्दा केही गरेर असर न्यूनिकरणका लागि पहल गर्न जरुरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम सुरु गरिएको बताए।

उनले तालिम प्राप्त जनशक्तिलाई देशमा कतै जाँदा पनि फरेस्ट, इन्भायरोमेण्ट र क्लाइमेट चेन्जको विषयमा सिकाउनसक्ने जानकारी दिइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad