राजनीति


परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे इजरायली राजदूतसँग जानकारी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे इजरायली राजदूतसँग जानकारी

नेपालखबर
असार २, २०८२ सोमबार १५:२४, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन्। 

सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।

त्यस अवसरमा मन्त्री डा राणाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरिन्। त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरु सुरक्षित रहेका जानकारी गरिन्।

आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर  इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो। पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिइन्।  
 

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad