नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई बाराको निजगढमा अभिनन्दन गरिएको छ।
देश र जनताको हितमा समर्पित रही ऊर्जा क्षेत्रमा अभूतपूर्व सुधार गरेको भन्दै उज्यालो नेपाल अभियान निजगढले घिसिङलाई अभिनन्दन गरेको हो।
घिसिङको कुशल व्यवस्थापन र दूरदर्शी सोचका कारण विगतमा नेपालीले जनताले भोग्दै आएको लोडसेडिङ अन्त्य मात्र नभई देहको ऊर्जा सुरक्षामा महत्वपूर्ण प्रगति गरेको अभियानले जनाएको छ।
‘घिसिङको परिश्रमले सम्पूर्ण नेपाली जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ, यो कार्य स्मरणयोग्य रहेको छ, सक्षम व्यक्तिलाई कुनै पनि संस्थाको नेतृत्व गर्ने अवसर प्राप्त भएमा देश र जनताको हितमा उपलब्धिमूलक सेवा प्रवाह गर्न सकिन्छ भन्ने सन्देश दिएको छ, तपाईंको कार्यशैली नेपाली युवावर्गका लागि प्रेरणा स्रोतको रुपमा उदाहरणीय बनेको छ,’ अभियानले उल्लेख गरेको छ।
कार्यक्रममा घिसिङले आफूले आर्जन गरेको सामाजिक सम्पत्तिलाई देश विकासमा प्रयोग गर्ने बताए। उनले आफू जुन भूमिकामा रहेपनि देशको विकासमै लागिरहने प्रतिबद्धता जनाए।
Shares

प्रतिक्रिया