समाज


न्यायाधीशलाई मोसो छ्यापेपछि वीरगन्ज इजलासका न्यायाधीशका पीएसओ फिर्ता, थपियो सुरक्षाकर्मी

न्यायाधीशलाई मोसो छ्यापेपछि वीरगन्ज इजलासका न्यायाधीशका पीएसओ फिर्ता, थपियो सुरक्षाकर्मी

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १४:२१, काठमाडौँ

उच्च अदालत जनकपुको वीरगन्ज इजलासमा सुरक्षा बढाइएको छ। बिहीबार न्यायाधीश खुसीप्रसाद थारुमाथि नेकपा बहुमतका कार्यकर्ताले इजलासमै पुगेर मोसो छ्यापेपछि सुरक्षा बढाइएको हो। 

यो घटनापछि वीरगञ्ज इजलासका सबै न्यायाधीशका पीएसओ हेरफेर गरिएको छ। यसअघि कार्यरत पीएसओलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरेर त्यहाँ नयाँ पीएसओहरूलाई खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले बताए। 

त्यहाँका न्यायाधीशको सुरक्षामा खटिएका १४ जना पीएसओ नै फिर्ता गरिएको छ। यस्तै सुरक्षाकर्मीको संख्या पनि थपिएको एसपी मिश्रले बताए। शुक्रबार बिहानदेखि त्यहाँ सुरक्षाकर्मी दोब्बरले बढाइएको छ। यसअघि प्रहरी सहायक निरीक्षकको कमाण्डमा १३ जना कार्यरत रहेकोमा थप त्यतिनै पठाइएको छ। 

यस्तै अदालतभित्र आवतजावतमा पनि कडाइ गरिएको छ। अदालत आउने सेवाग्राहीलाई पनि चेकजाँच गरेर मात्रै इजलासमा पठाउन थालिएको छ। रौतहटको राजपुरमा जिउँदै मानिसलाई इट्टा भट्टामा जलाएको घटनामा जिल्ला अदालतबाट दोषि ठहर भएका नेपाली कांग्रेसका पूर्व सांसद अफताव आलमलाई न्यायाधीश थारु समेतको इजलासले सफाइ दिएको थियो। त्यही आदेशका कारण आलेचित भइरहेका न्यायाधीश थारुलाई बिहीबार दिउँसो नेकपा बहुमतका कार्यकर्ताले इजलासमै गएर मोसो छ्यापेका थिए। 

मोसो छ्यापेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर (अविनाश), बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका– २ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad