समाज


दुर्गा प्रसाईंसहित ७ जनालाई लगियो डिल्लीबजार कारागार

दुर्गा प्रसाईंसहित ७ जनालाई लगियो डिल्लीबजार कारागार

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १२:२५, काठमाडौँ

काठमाडौँको तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका सात जनालाई डिल्लीबजार कारागार लगिएको छ। 

तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो। 

राति झण्डै साढे १२ बजे आदेश आएपछि उनीहरु ७ जना र धरौटी बुझाइनसकेका ६ जना गरी १३ जनालाई डिल्लीबजार कारागार लगिएको हो। तर ती ६ जना भने धरौटी बुझाउनासाथ रिहा हुनेछन्। 

कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्। 

अन्य ३२ जना प्रतिवादीलाई भने धरानैटीमा रिहा गर्न अदालतको आदेश छ। उनीहरुलाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटीमा रिह ागर्न जिल्ला न्यायाधीश ध्रुबराज कार्कीले आदेश दिएका छन्। 

हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भिम भन्ने हेमराज थापा, विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतलाई जनही एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतको आदेश छ। 

यस्तै निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई ५० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ। 
गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेतलाई २० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ। 

बाँकी १६ जनालाई १० हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न अदालतको आदेश छ। 

पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्रराज भण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा भन्ने तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोजकुमार सापकोटालाई १० हजारका दरले धरौटी माग गरिएको हो। 

यही मुद्दाका ११ जना प्रतिवादीहरु भने फरार छन्। फरार रहनेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत छन्। 

उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो।  दुर्गा प्रसाईँसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा लागेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad