कला


रहेनन् अभिनेत्री करिश्मा कपुरका पूर्वपति

रहेनन् अभिनेत्री करिश्मा कपुरका पूर्वपति

अभिनेत्री करिश्मा कपुर र पूर्वपति तथा व्यवसायी संजय कपुर/ फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १२:३८, काठमाडौँ

अभिनेत्री करिश्मा कपुरका पूर्वपति तथा व्यवसायी संजय कपुरको निधन भएको छ। सोना कमस्टार कम्पनीका अध्यक्ष संजय कपुरको बिहीबार इङ्गल्याण्डमा निधन भएको हो। 

५३ वर्षिय उनलाई पोलो खेल खेल्दै गर्दा सास फेर्न गाह्रो भएको थियो। त्यसपछि उनी तुरुन्तै मैदानबाट बाहिरिए। तर, केही समयपछि हृदयघात भएर उनकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

केही रिपोर्टहरूले दावी गरेका छन् कि खेलको क्रममा संजय कपूरको मुखमा मौरी पसेको थियो, जसले गर्दा उनको घाँटी सुन्निएको थियो। त्यसपछि हृदयघात भएको थियो।

करिश्मा र संजयको विवाह २००३ मा भएको थियो। उनीहरूको एक छोरी समायरा र छोरा कियान छन्। २०१४ मा, दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको लागि निवेदन दिए। उनीहरूबीच २०१६ मा सम्बन्ध विच्छेद भएको थियो।

सन् २०१७ मा संजयले मोडेल प्रिया सचदेवसँग विवाह गरे। प्रिया र संजयको एक छोरा अजारियस छ।  र, संजयले प्रियाको छोरी सफिरालाई पनि आफ्नो पहिलो विवाहबाट राखेका थिए।

संजयको मृत्युको खबरपछि धेरै बलिउड स्टारहरू करिश्मालाई भेट्न उनको घर पुगेका थिए। करिना कपूर र उनका पति सैफ अली खान पनि करिश्माको घरमा देखिएका थिए। यसबाहेक, मलाइका अरोरा र अमृता अरोरा पनि राति अबेर करिश्माको घर पुगेका थिए।

संजय कपूर दून स्कूलका विद्यार्थी थिए र पोलो प्रेमी थिए। उनी आफ्नो पोलो टोली ‘अरियस’ का संरक्षक थिए र घटनाको समयमा उनी ‘सुझान’ टोली विरुद्ध खेल खेलिरहेका थिए। 

आफ्नो मृत्युको केही घण्टा अघि मात्र संजय कपूरले अहमदाबाद विमान दुर्घटनामा सामाजिक सञ्जालमा शोक व्यक्त गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad