समाज


आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै पसेर मोसो दलियो

आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै पसेर मोसो दलियो

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १६:५८, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिनेमध्य एक न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ। 

उनीमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो दलेकाे प्रहरीले बताएको छ। इजलासमै पुगेर उनीहरूले न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्। 

मोसो दलेर उनीहरुले नेकपा बहुमत जिन्दावाद भन्दै नारा समेत लगाएका थिए। आफ्नो पार्टीले भ्रष्टाचारीलाई यसरी नै कारबाही गर्ने भन्दै मोसो दल्नेहरुले भनेका थिए–नेपाल कम्युनिष्ट पार्टी बहुमतले देशभरी भ्रष्टाचारका विरुद्ध यसरी नै कारबाही गरिन्छ। जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्ने?

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम विस्फोटमा परेका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको अभियोगमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए।

जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले उक्त घटना नै नभएको भन्दै सफाइ दिएको थियो। लगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए।

न्याय परिषद्ले सफाइ दिने न्यायाधीशद्वय थारू र अर्जुन महर्जनमाथि छानबिन पनि गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad