समाज


चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष यादवसहित १० जना र तीन संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा

चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष यादवसहित १० जना र तीन संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १६:४९, काठमाडौँ

सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

चक्रघट्टा गाउँपालिकाले आ.व. २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टयाइएको बजेट टुक्रा टुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता भएको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार आव २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रममा वडा नं.१ देखि वडा नं. ९ सम्मको लागि सौर्य बत्ती जडान गर्ने योजनामा ९ वटा शीर्षकमा कुल रकम २ करोड १६ लाख विनियोजन भएको थियो। 

अनुसन्धानका क्रममा पोल खरिद, सोलार प्यानल खरिद, लाइटरताररनटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतको लागि बदनियत राखी टुक्राई ५ वटा प्याकेजको छुट्टाछुट्टै गरी स्वीकृत विनियोजित बजेट भन्दा बढी रु २ करोड ५३ लाख १७ हजार २५० रुपैयाँ (तालिका नं १ बमोजिमको) लागत अनुमान स्वीकृत गराई बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको पाइएको छ।

प्रतिवादीहरुले आफूहरुलाई गैरकानूनी लाभ र चक्रघट्टा गाँउपालिकारसार्वजनिक संस्थालाई हानी नोक्सानी पुर्‍याउने बदनियतले पोल तथा बत्तीका सामग्रीहरु कम गुणस्तर भएकोमा निर्धारित गुणस्तरको भनी प्रमाणित गर्ने, आपूर्तिकर्ताबाट सामान आपूर्ति सम्पन्न नभइकनै अन्तिम भुक्तानी तथा फाइनल बिल एवं निरीक्षण बिल अनुसारको सामान आपूर्ति सम्पन्न भएको भनी झुटृा बिल, भरपाई बनाई २ करोड ४९ लाख ४० हजार ११० रुयैयाँ मात्र भुक्तानी लिए/दिएको अख्तियारको ठहर छ।

उक्त कार्यमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad