सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका सम्बन्धमा नेपालखबरलगायत अनलाइन पत्रिकामा प्रकाशित समाचार हटाउन काठमाडौँ जिल्ला अदालतले दिएको आदेशको विरोध गरेका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासबाट एकतर्फी सुनुवाइका आधारमा प्रकाशित समाचार हटाउन र धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठबारे थप समाचार नलेख्न दिएको आदेशविरुद्ध नेपालखबर डटकमले बुधबार सम्पादकीय नोट लेखिसकेको छ।
यसै सन्दर्भमा एमाले केन्द्रीय सदस्य रिजालले पनि आपत्ति प्रकट गरेका हुन्।
प्रश्न गर्दै रिजालले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट अनलाइनमा समाचार आएकाले हटाउन आदेश आएछ। त्यसो भए पत्रिकामा समाचार छापिएमा के गर्ने? पत्रिका जलाउने श्रीमान्जी? रेडियो, टीभीमा समाचार आएमा फुटाउने?’

Shares

प्रतिक्रिया