नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बुधबार त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पुगेर जेठ १५ देखि आईसीयूमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
त्यस क्रममा आफूले सबन्धित चिकित्सक र परिवारका सदस्यबाट केही दिनयता उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जानकारी पाएको श्रेष्ठले उल्लेख गरेका छन्।
‘नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिव क. मोहन वैद्य (क. किरण) को स्वास्थ्य स्थितिबारे बुझ्न र उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न आज त्रिवि शिक्षण अस्पताल गएर उहाँलाई भेटेँ’, श्रेष्ठले भनेका छन्, ‘सबन्धित चिकित्सक र परिवारका सदस्यहरूबाट केही दिनयता उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जानकारी पाउँदा खुसी लाग्यो। उहाँले छिट्टै पूर्ण स्वास्थ्यलाभ गर्नुहुनेछ र स्वस्थ भएर घर फर्कनुहुन्छ भन्ने अपेक्षा र आशा सहित पुनः क. किरणको स्वास्थ्यलाभको कामना गर्दछु।’
Shares

प्रतिक्रिया