काठमाडौँको नागार्जुन नगरपालिका ४ रानीपाटी पानीट्याङ्की नजिक एक घरमा जुवा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।
सो सम्बन्धी सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा गाउँपालिका ८ घर भइ जिल्ला काठमाडौँको नागार्जुन नगरपालिका ४ रानीपानी पानीट्याङ्की बस्ने वर्ष ३२ की उषा थापा, नागार्जुन नगरपालिका ६ रामकोट बस्ने वर्ष ५८ को राज कुमार शाही, मकवानपुरको थाहा नगरपालिका १२ घर भइ जिल्ला कालिमाटी बस्ने वर्ष २६ को सन्तोष तामाङ, वर्ष ३६ को दुर्गा बहादुर तामाङ, जडिबुटी बस्ने वर्ष २४ को तुलराम थिङ रहेका छन्।
यस्तै, पाँचथरको फालिलुङ गाँउपालिका ७ घर भइ कंलकी बस्ने वर्ष ३४ को मन कुमार केरुङ लिम्बु, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ८ घर भइ स्वयम्भू भगवानपाँउ बस्ने वर्ष ३५ को धन बहादुर भोलन र नुवाकोटको बेलकोटगढी नगरपालिका ६ घर भइ कालिमाटी बस्ने वर्ष २६ को राज कुमार तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट प्रहरीले नगद रु. १ लाख १० हजार ६३० रुपैयाँ र तीन थान तास बुक पनि बरामद गरेको छ।
उनीहरूउपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया