गत जनवरीदेखि चीनले कोरोना संक्रमितको संख्या र मृतक संख्याको तथ्यांक राख्दै आएको छ। यसबीचमा चीनमा पहिलोपटक दैनिक मृत्यु दर शुन्यमा झरेको देखिएको हो।
चीनको हुपेइको वुहान जहाँ पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको थियो त्यहाँ केही समययता मृतक दर र संक्रमणको दरमा निकै कमी आएको थियो।
यतिबेला भने पुरा चीनमा नै मृतक दर तथा संक्रमितको संख्यामा कमी भएको देखिएको छ। गएको २४ घण्टामा त झन कसैको ज्यान गएन।
गएको २४ घण्टामा चीनमा कोरोनाका नयाँ संक्रमित ३२ जना थपिए। यहाँको नयाँ संक्रमित दर पनि अन्य देशको भन्दा निकै कम हो।
हालसम्म चीनमा ८१ हजार ७४० कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय ३१ को मृत्यु भइसकेको छ।
यतिबेला चीनमा कोरोना भाइरसको प्रभाव घट्दै गएको देखिएको छ भने अन्य देशमा यसको प्रभाव बढ्दै गएको छ।
3
Shares

प्रतिक्रिया