प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला अन्य सबै काम कुरालाई छाडेर आफ्नो जीवन रक्षामा लाग्न आग्रह गरेका छन्।
मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले विश्वमा भयावह रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न देशवासीलाई सुझाव दिएका हुन्।
‘यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु,’ सम्बोधनमा ओलीले भने, ‘जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।’
उनले अगाडि भनेका छन्, ‘र, विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु। यो हामी सबैको साझा लडाइँ हो र समाजका हरेक सदस्य यस लडाइँमा आफैं एउटा सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नुपर्छ। यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्छौं।’

प्रतिक्रिया