समाज


दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु

दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु

नेपालखबर
जेठ २१, २०८२ बुधबार १३:१६, काठमाडौँ

दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बुधबारदेखि थुनछेक बहस सुरु भएको हो। 

काठमाडौँको तीनकुनेमा गएको चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा ६५ जनाविरुद्ध मुद्दा चलाइएको छ। ती मध्ये चार बालकलाई काल अदालत भक्तपुरमा र ११ जना मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको कसुरमा धरौटीमा रिहा भइसकेका छन्। 

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवमा ५० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये दुर्गा प्रसाईँसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ। उनीहरु मध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक अगाडी बढेको हो।  

जेठ ११ गते अदालतमा अभियोग पत्र दर्ता भएको थियो। त्यसपछि उनीहरुको बकपत्र चलिरहेको थियो। बकपत्र सकिएसँगै जिल्लान सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो। सरकारी वकिलले दुई दिन समय लिए अर्को साता मात्रै उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ। 

यही मुद्दाका प्रतिवादी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् महामन्त्री धवलशमशेर राणालाई भने अनुसन्धानकै क्रममा छाडिएको थियो। उनीहरु पनि यो थुनछेक बहसपछि आफैँ अदालतमा हाजिर हुन सक्नेछन्। उनीहरुको हकमा पनि त्यसपछि अदालतमा थुनछेक हुनेछ। अहिले उनीहरु फरारको सूचीमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad