ग्लोबल


छोराको विलासी जीवन झल्कने तस्बिर भाइरल भएपछि मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

छोराको विलासी जीवन झल्कने तस्बिर भाइरल भएपछि मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

मंगोलियाका प्रधानमन्त्री एल ओयुन एर्डिन


नेपालखबर
जेठ २१, २०८२ बुधबार १३:१९, काठमाडौँ

सामाजिक सञ्जालमा आफ्ना छोराको विलासी जीवन झल्कने तस्बिर देखा परेपछि मंगोलियाका प्रधानमन्त्री एल ओयुन एर्डिनले पदबाट राजीनामा दिनुपरेको छ।

भ्रष्टाचारविरोधी अनुसन्धान र हप्तौँदेखि जारी व्यापक विरोधपछि एर्डिन प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका छन्।

एल ओयुन एर्डिनले मंगलबार संसद्‌मा विश्वासको मत गुमाए। उनलाई संसद्‌का १२६ सदस्यमध्ये कम्तीमा ६४ जनाको समर्थन आवश्यक थियो।

विश्वासको मतअन्तर्गत गोप्य मतदानमा भाग लिने ८८ जना सांसदमा ओयुन एर्डिनले ४४ मत मात्र पाए। 

भाइरल तस्बिरमा ओयुन एर्डिनका छोरा र छोराकी प्रेमिका इन्गेजमेन्टपछि विलासी जीवन देखाउने किनमेलले भरिएका झोलाहरूसहित देखिएका छन्। 

यसपछि ओयुन एर्डिनको परिवार कसरी यति विलासी भयो भन्ने प्रश्न उठ्यो। 

स्थानीय मिडियाका अनुसार देशको भ्रष्टाचारविरोधी निकायले उनीहरूको वित्तीय मामिलाको अनुसन्धान गरिरहेको छ।

ओयुन एर्डिनले भने भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् र आफ्ना आलोचकले आफूविरुद्ध बेकारको अभियान चलाएको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad