समाज


काठमाडौँमा सार्वजनिक यातायात बन्द हुँदा प्रहरीको सुरक्षामा चल्यो साझा

काठमाडौँमा सार्वजनिक यातायात बन्द हुँदा प्रहरीको सुरक्षामा चल्यो साझा

नेपालखबर
जेठ १९, २०८२ सोमबार १६:४८, काठमाडौँ

यातायात व्यवसायीको राइड सेयरिङको विरोधमा देशभर यातायात ठप्प पारेका छन्। उनीहरूले राइड सेयरिङलाई सञ्चालन गर्न बन्देज लगाउनुपर्ने मागसहित सवारी साधन थन्क्याएर सडकमा प्रदर्शन गरेका हुन्। 

तर, काठमाडौँ उपत्यकामा साझा यातायात भने चलिरह्यो। अन्य सार्वजनिक यातायात नचल्दा काठमाडौँमा यात्रुले धेरै सास्ती पाउँदा साझा यातायातले भने नियमित जस्तै सेवा दियो। साझाका बसमा हतियारधारी प्रहरी बसेर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सहयोग गरे। 

यता सार्वजनिक सवारी नचल्दा सशस्त्र प्रहरीले भने काठमाडौँमा आफ्नै दुई वटा बस सञ्चालन गरेर सेवा दिएको छ। 

आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच बिहान गृहमन्त्रालयमा छलफल भएको थियो। अहिले भने भौतिक पूर्वाधार मन्त्रालयमा छलफल जारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad