ad ad

समाज


कोरोनाबारे दिएको अभिव्यक्तिका कारण बर्खास्त भएका अमेरिकी नौसेनामा कोरोना संक्रमण

कोरोनाबारे दिएको अभिव्यक्तिका कारण बर्खास्त भएका अमेरिकी नौसेनामा कोरोना संक्रमण

नेपालखबर
चैत २४, २०७६ सोमबार ७:४५,

‘जहाजीहरु कोरोना भाइरसबाट मर्न आवश्यक छैन’ भन्ने अभिव्यक्ति दिएका अमेरिकी नौसेनाका कप्तान ब्रेट क्रोजियरलाई अमेरिकी सरकारले हालै बर्खास्त गरेको थियो।

यतिबेला उनै ब्रेट क्रोजियरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। क्रोजिएरले सरकारलाई नौसेनाहरुको रक्षा गर्नुपर्ने भन्दै पत्र लेखेका थिए।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रोजियरको पाँच पृष्ठ लामो पत्रको आवश्यकता नभएको बताउँदै उनले गरेका कुरा हल्लामात्र भएको प्रतिक्रिया जनाएका थिए।

त्यस लगत्तै क्रोजियरलाई बर्खास्त गरिएको थियो। 

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८५१ पुगेको छ। त्यहाँ मृतकको संख्या ९ हजार ६२० पुगेको छ। सिन्ह्वा

यो पनिः

अमेरिकी कप्तानको पत्र: हामी युद्धमा छैनौँ, जहाजीहरु कोरोनाबाट मर्न आवश्यक छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .