ad ad

कारोबार


स्वास्थ्य जानकारी लिन नेपाल फाइट्स कोरोना अनलाइन सेवा सुरु

स्वास्थ्य जानकारी लिन नेपाल फाइट्स कोरोना अनलाइन सेवा सुरु

नेपालखबर
चैत २४, २०७६ सोमबार ७:२७,

लकडाउनको अवस्थामा सामान्य बिरामी हुँदा सर्वसाधारणलाई अस्पतालसम्म पुग्न गाह्रो छ। नियमित जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुसम्म पहुँच छैन।

यही बाध्यतालाई सम्बोधन गर्न अनलाइनमार्फत स्वास्थ्य सेवा सुरु भएको छ। टीडीओ नेपालले अनलाइन मोबाइल हेल्थ सेवा उपलब्ध गराउन भन्दै नेपाल फाइट्स कोरोना डटकम सुरु गरेको छ।

यस अनलाइनमार्फत ज्वरो, रुघा, खोजी र कोभिड–१९ सम्बन्धी कुनै पनि भाइरल लक्षणसम्बन्धी प्रश्न वा जिज्ञासाबारे निःशुल्क सेवा दिन सकिने जनाएको छ।

यस सेवामार्फत च्याटबोट आधारित लक्षण जाँच्ने प्रणाली प्रयोगकतालाई उपलब्ध गराइएको छ। जसले कोभिड–१० को सम्भाव्यता जाँच गर्न सकिन्छ।

यस अनलाइनमार्फत हेल्पलाइन नम्बर, कोभिड–१९ को लागि परीक्षण केन्द्रको ठेगाना र जानकारी पनि यसबाट प्राप्त गर्न सकिने टीडीओ नेपालले जनाएको छ।

यो सेवा प्राप्त गर्न डब्लुडब्लुडब्लु डट नेपालफाइटस्कोरोना डट कममा गएर लक्ष जाँचकर्ता राज्ने र प्रश्नहरुको जवाफ दिएपछि कोभिड–१९ परीक्षणको लागि अस्पताल जानु पर्छ कि पर्दैन भन्ने थाहा हुन्छ।

च्याटबोट आधारित प्रश्न र उपकरण डब्लुएचओ र स्वास्थ्य मन्त्रालयहरुको प्रकाशन गरेको निर्देशिका अनुरुप निर्माण गरिएको छ।

टीडीओ नेपालले गत हप्ता रुघा, खोकी, ज्वरो र कोभिड–१९ सम्बन्धि विषयमा ३ हजार बिरामीहरुको विज्ञासा समाधान गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .