बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भइ हाल काठमाडौँ टोखा बस्ने वर्ष ३४ की सम्झना राई रहेकी छन्।
उनले क्यानडा पठाइदिने भन्दै सात लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकी उनलाई पीडितले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
123
Shares

प्रतिक्रिया